नियम २०
शैक्षिक सामग्री प्रदान गर्ने
(१) स्थानीय तहले आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने सार्वजनिक विचालयहरुलाई पाठ्यक्रममा आधारित शिक्षण सिकाइ क्रियाकलाप पूरा गर्नका लागि सम्पूर्ण बालबालिकाको प्रयोगमा पहुँच हुने गरी आवश्यक प्रयोगशाला, अतिरिक्त क्रियाकलाप सामग्री, खेल सामग्री, पूर्वाधार तथा कम्प्युटर र सूचना प्रविधिको उचित व्यवस्थापन गर्नु पर्नेछ।
(२) स्थानीय तहले पाठ्यक्रमले निर्दिष्ट गरेका शैक्षिक सामग्री व्यवस्थापनका लागि प्रत्येक विद्यार्थी लागतका आधारमा त्यस्तो विद्यालयलाई एकमुष्ट अनुदान रकम उपलब्ध गराउनेछ।